Friday May 17, 2024
BS 2081 Jestha 4
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते

Feb 24, 2017 under Accidents/Incidents 105

इटहरी, फागुन १३ गते । सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन् । घाईते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बेलुन फुलाउने क्रममा ग्यास सिलिन्डर विष्फोट भएको थियो । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका– ६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताउनुभयो ।

शिवरात्रि पर्वका अवसरमा पूजाआर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भीडभाड भएको स्थानमा अकस्मात बेलुन फुलाइरहेका बेला ग्यास सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते हुनपुगेको पनि उहाँले बताउनुभयो । रासस

Tagged: Itahari 3, Sunsari 4

No news.
Australian Dollar to Nepalese Rs